काठमाडौं, ५ भदौ । नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित् गीतहरु सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरु सार्वजनिक भइरहेका छन् ।

हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन् ।
गायिका काफ्लेको स्वरमा रहेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ । गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको संगीत छ ।

गायिका काफ्लेले तीजमा हर्षोल्लासका साथ मनाउनुपर्छ भन्ने भाव व्यक्त गरिएको बताइन् । गीतको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायतका कलाकारले अभिनय गरेका छन् ।

शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।

गीतको भिडियो गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसअघि गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको