काठमाडौं : देशभरका ७ सय १० जना जना मध्ये आकाश कुँवर सबैभन्दा कान्छो नेबिसंघको केन्द्रीय सदस्य भएका छन् । कुँवरको उमेर अहिले १९ वर्ष भयो ।
सानै उमेर देखि राजनीतमा रुचि राख्ने उनी १९ वर्षको उमेरमै केन्द्रीय सदस्य बन्न सफल भए । अछाकको राजनीतिमा भबिस्य देखेका कुँवर २०७८ सालमा स्कुल अफ डेमोक्रेसी काठमाडाैं अछाम सम्पर्क समिती अध्यक्ष बने । विभिन्न आन्दोलनमा सहभागी हुँदै आएका उनले विद्यार्थीको हकहितका लागि सधै बुलन्द आवाज उठाउदै आएको बताए।
कोरोनाको समयमा सरकारी बिद्यालय मात्र नभई नीजि बिधालयका बिद्यार्थीका समस्याका बारेमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाको ध्यानार्कसण गराएको उनले बताए । राजनीतिमा उदयवान बिद्यर्थी नेता कुँवरले आफ्नो गाउँठाउँको लागि सधै आवाज उठाउने बताए । कुँवर कांग्रेस पूर्वमहामन्त्रि प्रकाशमान टिमसँग निकट छन् ।