काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भदौ ४ गते स्वदेश फर्कने भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतको गुजरातमा आयोजना गरेको परम्परागत चिकित्सा सम्बन्धी डब्लूएचओ विश्वव्यापी सिखर सम्मेलन, क्षयरोग सम्बन्धी सम्मेलन र वान हेल्थ वान अर्थ सम्बन्धी पदर्शनी गरि स्वास्थ्य सम्बन्धी महत्वपूर्ण ३ वटा कार्यक्रममा भाग लिन मन्त्री बस्नेत साउन ३० गते भारतको गुजरात प्रस्थान गरेका थिए । मन्त्री बस्नेतको सचिवालयका अनुसार भदौ ४ गते मन्त्री बस्नेत स्वदेश फर्कने कार्यक्रम छ । एक साताको बसाईमा मन्त्री बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै क्षयरोग उन्मुलनमा नेपालको प्रतिवद्वता जनाएका छन भने परम्परागत औषधिको विकास र विस्तारमा राज्यले लगानी बढाउने बताएका छन् ।

मन्त्री बस्नेतले विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र स्वास्थ्यका अधिकारीसँग दुई पक्षिय कुराकानी र अनुभव आदानप्रदान गरेका छन् । मन्त्री बस्नेतले परम्परागत चिकित्सा सम्बन्धी डब्लूएचओ सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गरेका थिए । मन्त्री बस्नेतले भारतको गुजरातका रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको अवलोकन भ्रमण पनि गरेका छन् । मन्त्री बस्नेतका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, आयुर्वेद विभागका महानिर्देशक डा. बाशुदेव उपाध्याय, स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरुप खड्का, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य सल्लाहकार डा. शम्भु आचार्य सहितका अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको