
काठमाडौँ । दि पारा भ्वाइस रियालिटी शाे काे उपाधी प्रकाश आलेमगरले चुमेका छन् । बि एन कार्गो एल एल सी अमेरिका तथा एक्सन फिल्मस प्रा. लि. काठमाडौँको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक दि पारा भ्वाइस रियालिटी शो ग्रान्ड फाइनल सम्पन्न भएको हाे। उक्त कार्यक्रममा नेपालमा बसोबास गर्ने सयौं नेपाली प्रतिभाहरु प्रतिस्पर्धामा सहभागी थिए ।
सयौं सहभागी प्रतिस्पर्धीबाट निर्णायक र भोटिङकाे आधारमा उत्कृष्ट ४ प्रतिस्पर्धीबाट फाइनल उपाधी सर्लाहीका प्रकाश आलेमगरले चुम्न सफल भएका छन् । अमेरिका बसोबास गर्दै आएका नेपाल र नेपाली कला, संस्कृति र भाषालाई माया गर्ने बि एन कार्गो एल एल सीका संचालक तथा यस रियालिटी शोका कार्यक्रम निर्माताहरु नरेश पोर्तेल, बिक्रम कुँवर, पाब्लो क्षेत्री, कृष्ण घिमिरे, रोशन तामाङ, अंकित श्रेष्ठ र नेपालमा रहेको संस्था एक्सन फिल्मसका संचालक युवराज खत्री लगाएतले उक्त रियालिटी शोलाई सफल पारेका हुन । फाइनल समाराेह कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै कार्यक्रम संयाेजक खत्रीले भने ` सामाजिक सञ्जालमा हुँदै आएकाे विकृतिलाई सुधार्नका निम्ति पनि हामीले याे कार्यक्रमकाे शुरुवात गरेका हाैं ।´
हाँस्यकलाकार सुबोध गौतमले उदघाेषण गरेको ग्रान्ड फाइनल कार्यक्रममा चर्चित गायक डिजराज पौडेल तथा चर्चित रक गायिका सृजना खत्री (हाउडेमाया)ले दर्शकहरुलाई साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थिए । प्रथम हुन सफल प्रकाश आले मगरले प्रमाणपत्र सहित र एक लाखको चेक प्राप्त गरेभने द्वितीय रमिला बनले पचास हजार, तृतीय अशिम चन्दले बीस हजार प्राप्त गरेका छन । साे कार्यक्रम एक्सन फिल्मसका संचालक युवराज खत्रीकाे संयाेजकत्वमा सम्पन्न भएकाे थियाे ।