काठमाडौं :नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पसकाे पृष्ठभूमिबाट नेविसंघ र तरूण दलमा मनाेनित हुनेहरूलाई बधाई कार्यक्रम सम्पन्न भएकाे छ । नेविसंघका पूर्वमहामन्त्री एवं पशुपति क्याम्पसका पूर्व स्ववियु सभापति मनाेज वैद्यकाे आयाेजनामा बधाई कार्यक्रम सम्पन्न भएकाे हाे ।

`लामाे समय देखी विद्यार्थी राजनीतिमा कृयशिल रहेका साथीहरु जाे नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको केन्द्रिय समितिमा मनोनित हुनु भएको अवसरमा बधाई ज्ञापन गर्दै उहाँहरूकाे हाैसला बढाउनका लागि बधाई कार्यक्रम गरिएकाे हाे,´ पूर्वमहामन्त्री वैद्यले भने पशुपति क्याम्पसकाे विद्यार्थी र युवा राजनीतिमा अलग स्थान  छ । विश्वास छ उहाँहरूले राम्राे  काम गर्नुहुनेछ ।´ पशुपति क्याम्पसबाट नेविसंघमा ३२ जना तदर्थ समितिमा छन् भने तरूण दलमा १० जना छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको