काठमाडौं : वरिष्ठ पत्रकार हरिबहादुर थापा बाह्रखरी मिडियाको विशेष सम्पादकमा नियुक्त भएका छन् । बाह्रखरी मिडियाले शुक्रबार थापालाई विशेष सम्पादकमा रूपमा नियुक्त गरेको हो ।
मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले थापालाई स्वागत गरेका हुन्। थापाका भ्रष्टाचारको शल्यक्रिया, ‘एनाटमी अफ करप्सन’ विदेशी सहायताका विसंगति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र, दलीय द्वन्द्व, रजगजलगायतका पुस्तक प्रकाशित छन् । थापाले यसअघि कान्तिपुर दैनिककाे सम्पादकीय नेतृत्व सम्हालेका थापा अन्नपूर्णपाेस्ट दैैनिककाे प्रधान सम्पादक र ईकागज डट कमकाे सम्पादककाे रूपमा काम गरिसकेका छन् ।