काठमाडौं : चर्चित कथावाचक बागेश्वर धाम सरकार नेपाल आइपुगेका छन् । बागेश्वर धामका शिष्य बरूण चाैधरीकाे निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनले शाश्वत धाममा कथा वाचन गर्नेछन् ।
हनुमानभक्त धिरेन्द्रकृष्ण शास्त्री अर्थात बागेश्वर धाम सरकार आफ्ना कथावाचन कलाका कारण सानाे उमेरमै भारतमा चर्चित छन् । कथा वाचनका क्रममा दलित समुदाय र महिलाका बारेमा दिएका कतिपय विषयले भने उनलाई विवादमा तान्ने गरेकाे छ । उनका कट्टर समर्थ्थ र कट्टर आलाेचक छन् ।
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले भदौ २ देखि ४ गतेसम्म हनुमन्त कथा वाचन गर्ने छन्।