काठमाडौँ । नेकपा एमालेको संसद अवरोध संसदबाट ‘मिनी संसद’अर्थात संसदीय समितिहरुतर्फ अघि बढेको छ । निरन्तर संसद बैठक अवरोध गर्दै आएका एमाले सांसदहरुले आज संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न सकेन ।

बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरु एमाले सांसदको प्रतिक्षामा पौने २ बजेसम्म बसेका थिए । तर, एमाले सांसद नआएपछि बैठक स्थगित भएको समितिका जेष्ठ सदस्य समेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिए ।

यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने चेतावनी दिएका थिए । सभापतिको हैसियतमा रहेका केसीले कोरम नपुगेकाले बैठक स्थगित भएको बताए । उनले लेखा समितिमात्रै नभएर सवै समितिले सभापति पाउनुपर्छ भन्नेमा सवैको एक मत रहेको बताए । आजको समितिको बैठकमा बेरुजू सम्परीक्षणबारे छलफलको विषय थियो ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको