काठमाडौं : सुन तस्करी प्रकरणमा थप ४ जना पक्राउ परेका छन्। ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् । प्रहरी प्रवक्ता, नायब महानिरीक्षक कुबेर कडायतले उनीहरुलाई काठमाडौँका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार पक्राउ परेका मध्ये २ जना भने नेपालबाट चीन जान लागेका बेला पक्राउ गरिएको हो । उनीमाथि आजै म्याद थप गरेर अनुसन्धान थालिने पनि उनले बताए । उनीहरुलाई थप अनुसन्धानका लागी आज म्याद थप गरिदै छ।
प्रवक्ता कडायतले भन्नुभयो,‘उनीहरुलाई आज म्याद थप हुँदै छ’। सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन्। राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो।