काठमाडौं : लुम्बिनी एकेडेमीक फाउन्डेसनले डडेल्धुराका ७ वटा स्थानीय तहका एस.ई.ई.परिक्षामा सर्वाेत्कृष्ठ नतिजा ल्याउने २८ जना गरिव, जेहन्दार विधार्थीलाई छात्रवृत्ति दिने भएकाे छ ।लुम्बिनी एकेडेमीक फाउन्डेसनले ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्ट र ने.वि.संघ डडेल्धुरा जिल्ला अध्यक्ष पवन ऐरकाे उपस्थितिमा डडेल्धुराका ७ वटा स्थानीय तहवाट १/१ जना गरि उच्चमाध्यमिक शिक्षा अध्ययनका लागि ७जनालाई पुर्ण छात्रवृत्ति दिने र हरेक स्थानीय तहवाट ३/३ जना गरि थप २१ जना गरिव,जेहन्दार विधार्थीलाई आँशिक छात्रवृत्ति ७५% छुट दिने सम्झौता गरेकाे छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीका लागि राहत पुगाेस र काेहि पनि आर्थिक अवस्था कमजाेर भएबा कारण उच्च शिक्षा अध्ययनवाट वञ्चित हुन नपराेस भनेर आफुले सहयाेगका लागि पहल गरेकाे र लुम्बिनी एकेडेमी फाउन्डेसनका प्रवन्ध निर्देशक काँग्रेस युवा नेता समेत रहेका रविनचन्द्र काेइरालालाे आफ्नाे आग्रह स्विकार गरि सम्झौता गरिएकाे ने.वि.संघ केन्द्रीय सदस्य भट्टले वताए ।
छात्रवृत्तिबा लागि स्थानीय तहका प्रमुखकाे सिफारिस अनिवार्य चाहिने र समझाैता ३ वर्ष सम्म लागु हुने सम्झौतामा उल्लेख गरिएकाे छ ।
सम्झाैतामा लुम्बिनी एकेडेमीक फाउन्डेसनका तर्फवाट प्रवन्ध निर्देशक रविनचन्द्र काेइराला, ने.वि.संघ डडेल्धुराकाे तर्फवाट केन्द्रीय सदस्य ई.भुवन भट्ट र डडेल्धुरा जिल्ला अध्यक्ष पवन ऐरले हस्ताक्षर गरेका छन् ।
प्रत्यक स्थानीयतहलाई लुम्बिनी एकेडेमीक फाउन्डेसनले छात्रवृत्तिका लागि पठाएकाे पत्र र सम्झौता हामी पठाउछाै र स्थानीयतहका प्रमुखकाे सिफारिसमा गरिव,जेहन्दार विधाा्थीलाई सम्झाैता वमाेजिम छात्रवृत्तिकाे व्यवस्था हुने ने.वि.संघ डडेल्धुरा जिल्ला अध्यक्ष ऐरले वताए ।