काठमाडौं । नेपाली कांग्रेस सांसद उदयशमशेर राणाले पार्टी सरकारमा भएपनि कांग्रेस नेताहरुलाई टार्गेट गरिएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै सो विषयमा नेतृत्वको धारणा माग गरे । माधव नेपालतिर लक्षित गर्दै उनले अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका छन् भने ललिता निवास प्रकरणमा गच्छेदारविरुद्ध पक्राउ पूर्जी जारी भएकाे छ । मेडिकल व्यवसायीसमेत रहेका शर्मालाई नक्कली सर्टिफिकेट काण्डमा बिहिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहिबार पक्राउ गरेको छ ।

‘हाम्रो पार्टी सरकारमा छ । तर, हामी सरकारमा भइरहँदा हाम्रा नेताहरूलाई मात्र किन टार्गेट गरिएको छ ?’ राणाले भने, ‘पहिले बालकृष्ण खाणलाई पक्राउ गरियो, अहिले विजय गच्छदारलाई पक्राउ पूर्जी जारी गरिएको छ, सांसद सुनिल शर्मालाई समातिएको छ । जबकी कम्युनिष्ट नेताहरूको संलग्नताका काण्डहरू आउँदा पनि ढुक्कले अदालतको आदेश आइसक्दा पनि विदेश भ्रमणमा जान दिइएको छ ।’

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको