
काठमाडौं : ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित३ मन्त्री र एकजना राज्यमन्त्री बिरुद्ध पक्राउ पूर्जी जारी भएकाे छ । ललिता निवास प्रकरणको दोहोराएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निवेदनका आधारमा अदालतले तत्कालिन भौतिक योजनामन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भुमिसुधार मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ बिरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
गच्छदार, जोशी र श्रेष्ठ सार्वजनिक जिवनमा सक्रिय छन् । अर्का आरोपी साहभने जनकपुर बम बिस्फोट घटनामा दोषी ठहर भएर कारागारमा रहेका छन् ।