काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी क्षेत्र विकास काेषकाे कार्यकारी उपाध्ययक्षमा विवादीत पात्र ल्हार्केल लामाकाे नियुक्ति खेदजनक भएकाे बताएका छन् । उनले साेमबार फेसबुका लेख्दै लामाकाे नियुक्तिकाे निर्णय खारेज गर्न पनि माग गरेका छन् ।
शान्तिका अग्रदूत गौतम वुद्धको पावन जन्मथलो लुम्बिनीको चौतर्फी विकासका लागि गठित निकाय लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकको लकरमा गोली राख्ने लगायत अनेक अपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक छ,´ उनले लेखेका छन्, `यसप्रकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताविक कार्य संचालन गर्नसक्ने सत्पात्रको नियक्ति गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछु।´
हिजाे मात्रै संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लामालाई नियुक्त गर्ने निर्णय गरेपछि चाैतर्फी आलोचना भइरहेकाे छ ।