काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अहिले राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले राष्ट्रिय तहका सबै खेलबाट सन्न्यास लिने घोषणा गरेका छन्। औपचारिक रूपमा त्यस्तो घोषणा गर्ने क्रममा उनले भने ‘यो मेरो लागि उपयुक्त समय भएकाले सन्न्यास लिएको हुँ।
सन् २००५ यू-१५ टोलीबाट राष्ट्रिय युवा टोलीमा डेब्यूु गरेका ज्ञानेन्द्रले सोही वर्ष यू-१७ र यू-१९ प्रतियोगिता खेलेका थिए। सन् २००६ मा इन्टरकन्टिनेन्टल कपबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यूु गरेका मल्लले १८ वर्षसम्म नियमित राष्ट्रिय टोलीका प्रमुख पात्रको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
नेपाली राष्ट्रिय टोलीले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको सामना गर्ने तयारी गरिरहेको बेला ज्ञानेन्द्र मल्लले खेलाडीका रूपमा अब कहिल्यै मैदानमा नदेखिने घोषणा गरेका हुन्।