काठमाडौंः कांग्रेस महानगर समिति भेलाले विधान संशोधन गरी मर्यादाक्रम र भुमिका बढाउन माग गरेको छ । काठमाडौं सम्पन्न भेलाबाट ६ वटै महानगरले संयुक्त माग गरेका हुन् । भेलामा ५ एजेन्डामाथि छलफल भएकाे थियाे ।

भेलामा महानगर सभापति र पदाधिकारीको मर्यादाक्रम, महानगरबाट पदेन महाधिवेशन प्रतिनिधि–महासमिति सदस्य बनाउनुपर्ने,महानगर अन्र्तगतका वडामा टिकट वितरणमा भुमिका दिनुपर्ने,महानगर समितिको दायित्व र अधिकार स्पष्ट हुनुपर्ने आवाज उठेकाे थियाे ।

`नेपाली कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारीहरु एवं सदस्यहरुको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनको लागि केन्द्रीय कार्य समिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय भयो´, बैठकपछि कांग्रेस  काठमाडौं महानगर समितिका सचिव सुशन वैद्यले जानकारी दिए ।

कांग्रेसका ६ वटा महानगर कार्यसमितिले महानगर समितिको भूमिकालाई कम आँकिएको भन्दै असन्तुष्ट बनेका हुन् ।

बैठकका निर्णय

नेपाली कांग्रेस काठमाण्डौं महानगर समतिले आयोजना गरेको अन्तर महानगर भेला

२०८५० श्रावण १२ गते शुक्रवार

निर्णयहरु

मुलुक संघियतामा गएको अवस्थामा सो भावना र मर्म अनुरुप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वको भएकाले सोही अनुरुप पार्टीका संगठनहरुलाई पूर्ण अधिकारको सुनिच्चितता गर्नुपर्ने भएकाले अन्तर महानगर समितिको भेलाबाट निम्न बमोजिम निर्णयहरु गरियो ।

१. नेपाली कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारीहरु एवं सदस्यहरुको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनको लागि केन्द्रीय कार्य समिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय भयो।

२. पार्टीको केन्द्रीय महासमिति / महाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिच्चितका गराउनको लागि विधानमा व्यवस्था गरियोस् भनि माग गर्ने ।

३. स्थानीय तहका समिति अन्तर्गतका वडाहरुमा निर्वाचनमा उम्मेदवार छनौट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिच्चितताको माग गर्ने।

४. स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलिमा न्यून र समय सापेक्ष नभएको हुँनाले समय सापेक्ष हुने गरी, पदाधिकारीहरु समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गर्ने।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको