काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायामा महामारीको रुप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पाँच ओटा सुझाव दिएका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै महामन्त्री शर्माले पाँच बुँदे सुझाव दिएका हुन् ।

पशु स्वास्थ्य आपतकाल महसुस गरेर सम्बन्धित सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रुपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रवन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाया मृत्युले नोक्सानी व्यहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै मिटरब्याज पीडितलाई न्याय दिनका लागि तत्काल विधेयक सदनमा ल्याउन सरकारसँग शर्माको माग छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको