काठमाडौं- असंलग्‍न राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँ राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभ सँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रीस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ।

परराष्ट्रमन्त्री असंलग्न आन्दोलनको एक बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी मंगलबार बिहान अजरबैजानतर्फ लाग्नेछन् ।

अजरबैजानको राजधानी बाकुमा भएको उक्त सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री साउदले बुधबार मन्त्रीस्तरीय बैठक सम्बोधन गरेका थिए। भ्रमणको समयमा मन्त्री साउदले विभिन्न मुलुकका प्रतिनिधि तथा कार्यक्रममा नेतृत्व गरेर आएका टोलीका प्रमुखहरूसँग भेटवार्ता गरेका छन्। मन्त्री साउद शनिबार नेपाल फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको