काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य देवकरण कलवार सन्तुले नागरिकताको विषय संवेदनशील भएकाले राजनीति नगर्न आग्रह गरेका छन् । नेपाली नागरिकता भएका आमाबुबाका सन्तानले लामो समयदेखि नागरिकताविहीन हुनु परेको पीडा बुझ्न सरोकारवाला सबैसँग आग्रह गरे ।

आइतबार काठमाडौंको माइतिघरमा नागरिकताविहीन संघर्ष समितिको धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाएका नवलपरासी क्षेत्र नंं १ को प्रदेश सभा खबाट निर्वाचित सांसद कलवारले भने, ‘आमाबुबासँग नेपाली नागरिकता छ तर तिनका छोराछोरी नागरिकताविहीन हुनु दुर्भाग्य हो । आफ्नै देशमा पनि अनागरिक हुनुको पीडा ति सन्ततीबाहेक अरुले बुझ्न सक्दैनन् । नागरिकताको विषयमा अनावश्यक राजनीतिकरण नगरौं ।’

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणिकरण गरेका थिए । तर सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । नागरिकता माग गर्दै एक युवकले केहि दिन माइतिघरमै आत्मदाहको प्रयाससमेत गरेका थिए ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि नागरिकतासम्बन्धि कानुन नबन्दा लाखौंको संख्यामा नागरिकताबाट बञ्चित हुनुपरेको छ । संसदबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयक यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी राखेकी थिइन् । निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै नयाँ राष्ट्रपति बनेका पौडेलले यसअघि नै संसदबाट पारित विधेयक प्रमाणिकरण गरेपछि नागरिकता समस्या समाधान हुने विश्वास थियो तर अदालतको आदेशले तत्काल कार्यान्वयनमा नआएपछि नागरिकताविहीन युवा आक्रोशित भएका हुन् ।
नवलपरासी(१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विनोद चौधरीले पनि नागरिकता समस्या समाधानका लागि सबै गम्भीर हुनुपर्ने बताउँदै आएका छन् । सर्वोच्च अदालतले पनि राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको नागरिकता विधेयक कार्यान्वयनमा सहजीकरण गर्ने सांसद चौधरीको विश्वास छ । ुनागरिकता नभएर हाम्रै देशका युवाहरुले भोग्नुपरेको समस्याप्रति आँखा चिम्लिन सकिन्न । नागरिकता नहुँदा न उच्च शिक्षा अध्ययन गर्न पाएको छ, न देशभित्र कुनै अवसर पाउने अवस्था छ न विदेश जान । वर्षौंसम्म नागरिकताको समस्यालाई अड्काएर राख्न लाखौं युवाहरुमाथिको अन्याय हो,´सांसद चौधरीको भनाइ छ ।
देशका विभिन्न जिल्लाबाट नागरिकताविहीन युवाहरु काठमाडौं आएर विरोध गर्दै आएका छन् । उनीहरुले नागरिकता नहुँदा आफूहरुले भोगिरहेको समस्या बुझिदिन सबैलाई आग्रह गर्ने गरेका छन् । सहज रुपमा नागरिकता पाउनुपर्ने आफूहरुको नैसर्गिक अधिकार भएको भन्दै संघर्ष समितिले सबैलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । नवलपरासी सुस्ताबाट काठमाडौं आएका रघुवीर शर्माले नागरिकता नपाउँदा आफूहरुले ठूलो समस्या भोग्नुपरेको पीडा सुनाए । ‘हाम्रो आमाबुबाको नागरिकता छ, हामी छोराछोरीको नागरिकता छैन । कतिपयको दाजुको नागरिकता छ, भाईको छैन । एउटै परिवारका कसैको नागरिकता हुने, कसैको नहुने समस्या छ । उनले भने, ुसुस्ता गाउँपालिकामा मात्रै संयौंको संख्यामा नागरिकता पाउनबाट बञ्चित छन् । हामीले भोगिरहेको पीडालाई बुझेर नागरिकता समस्या समाधान गरिदिन सबैलाई आग्रह गर्छौं ।ु

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको