नुवाकोट, आइतबार, २८ जेठ ।

नुवाकोटकाे तारकेश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका खाद्यान्न पसलहरुको अनुगमन सुरु गरेको छ । आज गाउँपालिकाका कर्मचारी कृष्ण तामाङको नेतृत्वमा खाद्यान्न पसलहरुको अनुगमनमा गएको गाउँ प्रहरीको टोलीले वडा नं २ का पसलहरुको अनुगमन गरी म्याद गुज्रिएका र ढुसी परेका खाद्य तथा पेय पदार्थ बरामद गरेको हो । अनुगमनका क्रममा भेटिएका कैफियतले जनस्वास्थ्यको सवालमा स्थानीय सरकार कठोर बन्नुपर्ने देखाएको भन्दै गाउँपालिका अध्यक्ष अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा कारबाहीको चेतावनी दिएका छन् । म्याद गुज्रिएका, ओसिएका, ढुसी आएका खाद्य पदार्थ तत्काल नष्ट गर्न आग्रह गर्दै अध्यक्ष अधिकारीले आगामी दिनमा यस्ता पदार्थ भेटिएमा सख्त कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकले क्रमशः सबै पसलहरुको अनुगमन गर्ने छ । १५ दिनभित्र सबै पसल तथा व्यवसाय गाउँपालिकामा सूचीकृत गर्न र पसलमा ग्राहकले स्पष्ट देख्ने गरी मूल्यसूची राख्न निर्देशन दिएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको