सिन्धुलि : क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा सिन्धुलीले पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरण केन्द्रित बैठक र छलफलमा महासंघले राजनीतिक दलका शुवेच्छुक संस्थाहरु प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरका प्रमुख तथा प्रतिनिधिहरुसँग मात्रै बसेर निर्णय गरेको भन्दै डब्लुडब्लुजे सिन्धुलीले आज महासंघलाई ध्यानकर्षण पत्र बुझाएको हो ।

डब्लुडब्लुजेले पत्रकार सदस्यता पत्रकारीतामा क्रियाशीलताका आधारमा उपलब्ध गराउँन पत्रकार महासंघले सम्बन्धित निकायमा सिफारिस गर्न ध्यानाकर्षण पत्र मार्फत सुझाब दिएको छ ।

यस्तै, डब्लुडब्लुजे जिल्ला शाखा सिन्धुलीकी अध्यक्ष राधिका बुढाथोकीद्धारा हस्ताक्षरित पत्रमा “शुद्धीकरण मापदण्ड अक्षरश कार्यान्वयन गर्ने कुरामा हाम्रो विमति छैन । यसो हुदै गदौ क्रियाशील पत्रकारहरुलाई सदस्यता प्रदान नगरेर पेसागत रुपमा हत्तोसाहित बनाउँने काम क्रियाशील पत्रकारहरुको गर्वीलो इतिहास बोकेको महासंघले नगर्ने कुरामा विश्वस्त छौ, भनिएको छ ।”

साथै, सदस्यता शुद्धीकरण अभियान सफल बनाउँन ऐक्यबद्धता जनाउँदै सहयोगी भुमिका निर्वाह गरिने पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको