काठमाडौं : आराेही किञ्जुम शेर्पाले सगरमाथाकाे चुचुराेमा गायिका सुनिता दुलालकाे तस्बिर अंकित ब्यानर फहराएकी छन् । सगरमाथाकाे सफल आराेहणपछि शेर्पाले फेसबुकमा लाकाे स्टाटस लेख्दै केही तस्विर सार्वजनिक गरेकी छन्  । उनले युवा भएर पनि नेपाली माैलिक लाेेक गितकाे क्षेत्रमा काम गरेकाेमा प्रशंसा गर्दै दुलाल आफ्नाे मनपर्ने गायिका भएकाे उल्लेख गरेकी छन् । आफ्नाे कामले लाेक गितसँगिततर्फ युवाहरूलाई आकर्षित गर्ने पनि उनकाे विश्वास छ । गायिका दुलालकाे फाेटाे ब्यानर बनाइदिएकोमा उनले च्याङ्बा लामालाई आभार पनि व्यक्त गरेकी छन् ।

सिन्धुपाल्चोकमा जन्मिएकी दुलाल दर्जनाैं लाेक गित चर्चित छन् । विगत दुई दशकदेखि दुलाल साँगितिक क्षेत्रमा सक्रिय छिन् । आफूप्रतिकाे प्रेेेमका लागि दुलालले आराेही किञ्जुमप्रती आभाा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको