
काठमाडौं : कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट दर्ता हुने भएको छ । यसअघि जेठ १७ गते सर्वोच्च अदालतका रजिस्ट्रारले दरपिठ गरेकाे रिट दर्ता गर्न आज सर्वाेच्च अदालतले आदेश गरेकाे हाे ।
अधिवक्ता ध्रुवश्रेलाल श्रेष्ठ कानुनी रिक्तताको कारण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबी गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्च प्रशासनले दरपिठ गरिदिएकाेमा साे दरपिठ गरि रिट दर्ता गर्न श्रेष्ठले अर्काे निवेदन दिएका थिए ।
कामुको जिम्मेवारीमा रहेका कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदले गत वैशाख २५ गते गरेको सिफारिस अनुसार संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले कार्कीविरुद्ध कुनै उजुरी भए जेठ २६ गतेभित्र गर्न आह्वान गरेको थियो ।