काठमाडौं : नेपाल एम्बेसी डेनमार्कको घुम्ति सेवाबाट १ सय भन्दा बढी गैरआवासीय नेपालीले पासपोर्ट बनाएका छन् । गैरआवासीय नेपाली संघ नर्वेको संयोजनमा नेपाली दूतावास डेनमार्कले घुम्ति शिविर सञ्चालन गरेको थियो ।
ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने भन्दै दूतावासले सार्वजनिक सूचना नै निकालेको थियो । दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजनाअनुसार नर्वेको ओस्लोमा मे महिनाको १९ र २० तारिखका दिन न विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराएको थियो । दूतावासबाट नियोग उपप्रमुख तीर्थराज अर्याल ओस्लो पुग्नुभएको थियो । एनआरएनए नर्वेका अध्यक्ष, उपाध्यक्ष र महासचिव घुम्ति सेवामा गई आवश्यक सहयोग गर्नुभएको थियो ।