काठमाडौं : डेमोक्रेटिक लयर्स एसाेसियसन(डिएलए)काे महाधिवेशन जेठ अन्तिम साता चितवनमा हुने भएकाे छ । महासचिव लक्ष्मि दाहाल रावलका अनुसार जेठ २६ र  २७ गते महाधिवेशनकाे मिति तय भएकाे छ ।

महाधिवेशन निश्चित भएसँगै डिएलएले महाधिवेशन दर्ता शुल्क ताेकेेकाे छ । वरिष्ठ अधिवक्ताकाे लागि ५ हजार, काठमाडौं उपत्यकाभित्रका अधिवक्ता र अभिवक्ताका लागि ३ हजार र उपत्यकाबाहिरका लागि २ हजार तय गरिएकाे छ ।

महासचिव दाहालले विधिकाे शासन र स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठिरहेका बेला हुन लागेकाे डिएलएकाे महाधिवेशनकाे विशेष अर्थ रहेकाे बताईन् । महासचिव दाहाललाई केन्द्रीय अध्यक्षकाे बलियाे दाबदारका रूपमा हेरिएकाे छ । दाहालले उमेदवारी भन्दा पनि अहिले अधिवेशनकाे प्राविधिक तयारीमा व्यस्त रहेकाे भन्दै उमेदवारीबारे आफू छलफलमै रहेकाे बताइन् । `देशभरबाट साथीहरूले मेराे उमेदवारीबारे चासाे राख्नुभएकाे छ । तपाईहरूकै रायअनुसार अगाडि बढ्छु भनिरहेकाे छु,´ दाहालले भनिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको