काठमाडौं : भारतकाे सिमाना पर्ने सर्लाहीकाे विष्णु गाउँपालिका देखि सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म जाेड्ने पक्की बाटाे माग गर्दै प्रधानमन्त्रीलाई मागपत्र पेश गरिएकाे छ । याे बाटाे निर्माणमा लागि अगुवाई गर्दै आएका कांग्रेस नेता विनाेद खनालले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर मागपत्र पेश गरेका हुन् । खनालसँगै मागपत्र लिएर सर्लाहीबाट निर्वाचित सांसद एवं खानेपानी मन्त्री महेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

भारतकाे सिमानामा पर्ने विष्णु गाउँपालिका हुँदै चकरघट्टा,बरहथवा, हरिपुर,हरिवन हुँदै सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म जाेड्ने करिब ६० किमि पक्कि पिचबाटाे निर्माणका लागि खनाल विगत दुई वर्षदेखि याे बाटाे निर्माणकाे अभियानमा छन् । सर्लाहीका दुई लाख नागरिक लाभान्वित हुने ठानिएकाे याे मार्ग निर्माण हुनुपर्नमा सर्लाहीका स्थानिय, प्रदेश र संघका सबै जनप्रतिनिधिकाे समर्थन छ । उनीहरूकाे समर्थन पत्र प्रधानमन्त्रीलाई बुझाइएकाे छ । प्रधानमन्त्रीले माग पत्र बुझ्दै याे मार्ग निर्माणका लागि आवश्यक कारवाही अगाडि बडाउन अर्थमन्त्रालय पठाउनुभएकाे छ । ` प्रधानमन्त्री ज्यूले हाम्राे मागलाई गम्भीरताका साथ लिनुभएकाे छ । अर्थमन्त्रीज्यूसँग पनि यसबारे हामी कुरा गर्दैछाैं,´ खनालले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको