काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ। प्रहरी सामु आत्मसमर्पण गर्न पुगेका शेर्पाको टाउकोमा ९ वटा टाका कसरी लाग्यो ? भन्दै शेर्पाका छोराले प्रहरी सामु शंका व्यक्त गरेका छन्।
सोधपुछ र म्याद थपका लागि जिल्ला सरकारी वकील कार्यालय पुगेका शेर्पाले प्रहरीले आफुलाई जवर्जस्ति वयान गराएको बताएका छन् ।
मंगलबार अदालत पुर्याइएका शेर्पालाई ट्वाईलेटमा लडेको भन्ने समाचार आको छ केहो भन्दा आफुले थाहा नै नपाएको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो बुबाको नाम जोडिएको समाचार बाहिर आएपछि छोरा आङ्निमा शेर्पाले सहिसलामत सोमबार साझ ६ बजे आफैं परिसर पुर्याएको बताए। शेर्पाको सामान्य सोधपुछ पछि छाड्ने निहुमा परिसर पुर्याएका छोराले राति साढे ११ बजे सम्म आफु परिसर मै रहेको र मध्यरातमा एकै चोटि अस्पताल पुर्यायर जानकारी गराएकोमा शंका उत्पन्न भएको बताए। ‘ टाउकोमा टाका मारिएको रहेछ यसको रहस्य शंकास्पद छ । उहाँमाथि कुटपीट गरिएको आशंका छ,’ शेर्पाले भने ।



