
काठमाडौं : स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतकाे प्रेस संयाेजकमा रामचन्द्र दुलाल नियुक्त भएका छन् । मन्त्री बस्नेतले दुलाललाई प्रेस संयाेजक नियुक्त गरेका हुन् ।
दुलालले यसअघि देखिनै बस्नेतकाे सञ्चार संयाेजन गर्दै आएका थिए । बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुुन् भने दुलाल साेही क्षेत्रका हुन् । प्रेस युनियनका नेता दुलाल पत्रकार महासंघ काठमाडौंका उपाध्यक्ष समेत छन् ।