काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा  फरार रहेका  पूर्वमन्त्री एवम् नेकपा एमालेका निलम्बित  सचिव टोप बहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई  काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएपछि अहिले प्रहरी परिसर ल्याएको हो । वैशाख २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको