काठमाडौं : संसदमा अब टिसर्ट र जिन्स पाइन्ट लगाउन नपाइने भएकाे छ । आज बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरुले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गर्नुभएको थियो । सभामुखले सांसदहरूकाे गुनासो सुनेपछि सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । `आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ । मन्त्रीहरुको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ । बजेट निर्माण गर्दा माननीयहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ,´ सभामुखले भने ।

कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने, तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने, संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको