काठमाडौंः मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा विकास अध्ययन संस्थान (एमआईसिडि) को आयोजनामा “गृष्मकालिन कार्यशाला २०२३” राजधानीमा शुरू भएको छ । १८ देखी २२ बैशाखसम्म सञ्चालन हुने उक्त पाँच दिने कार्यशालामा “स्थानिय आर्थिक विकास” का लागि “नवप्रर्वतन, उद्यमशिलता तथा चक्रिय अर्थतन्त्र” को महत्वका बारेमा छलफल गरिने तथा स्थानियस्तरका सिकाई अनुभवहरू आदानप्रदान गरिने छ ।

गृष्मकालिन कार्यशाला २०२३ को उद्घाटन समारोहलाई संवोधन गदै कार्यशालाका प्रमुख अतिथी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्द बहादुर सिंहले स्थानिय तहको विकासका लागि सबैभन्दा पहिला पालिका प्रमुख तथा उपप्रमुखहरूले आफ्नो पालिकाको श्रोतको लेखाजोखा गर्नु अत्यन्तै आवश्यकता रहेको र सोही आवश्यकतामा आधारित रहेर योजना बनाउँने तथा कार्यान्वयन गर्नुपर्ने बताए। यसका साथै उहाँले यातायात, विद्युतिय सुविधा लगायत कृषिमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउँदै लानुपर्ने तथा शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका लागि व्यावसायिक विकास गर्न अत्यन्त गंभिर भएर लाग्नुपर्नेमा जोड दिए साथै उनले स्थानिय स्तरमा उपयुक्त हुने गरि नीतिनियम निर्माण गरेमा काम गर्ने वातावरण तथा कार्यान्वयन गर्न सहज हुने सुझाव व्यक्त गरे।

कार्यशालामा विशेष अतिथीको रूपमा भाग लिएका मध्यपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक डा। नारायण प्रसाद पौडेलले शिप विकास कसरी गर्ने भन्ने कुरामा हामी संकुचित भइरहेका हुन्छौं तर संपूर्ण विकासको सार भनेको स्वःविकास हो भनेर सबैले बुझ्न जरूरी भएको बताउँदै लक्ष्य निर्धारण गरेर निरन्तर रूपमा त्यस लक्ष्य प्राप्तिका लागि प्रतिवद्ध भएर लागि परेमा चाहेको जस्तोसुकै विकास गर्न सकिने बताए।

त्यसैगरी अर्का विशेष अतिथी ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्यले स्थानिय आर्थिक विकासका लागि आयोजना गर्न लागिएको यस कार्यशालाले आफ्नो स्थानिय निकायले खोजे जस्तो कुरा अर्थात आफ्नो स्थानिय निकायको वास्तविक विकास गर्नका लागि आवश्यक ज्ञान तथा शिप सिकाएर पठाउन सक्ने साथै परम्परागत तरिकाको ज्ञान नभई सृजनात्मक तरिकाले हेर्न सक्ने ज्ञान दिएर पठाउनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको