काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका नविन श्रेष्ठको प्यानल नै विजयी भएको छ । सचिवमा राजन कुमार प्रसाद यादव र कोषाध्यक्षमा महेश्वर प्रसाद भट्ट निर्वाचित भएका हुन् ।

कूल १ हजार ८१८ मत खसेकोमध्ये ७८४ मत प्राप्त गर्दै श्रेष्ठ स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले ७९४ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका मन्दीप अधिकारीले ५५२ मत प्राप्त गरे । यस्तै, एमाले निकट अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका अशेष रेग्मीले ३७० र राप्रविसंघका आभाष अधिकारी ९४ मत प्राप्त गरे ।

यस्तै, सचिवमा गठबन्धनतर्फ समाजवादी विद्यार्थी युनियनका राजनकुमार यादवले ६३९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका संकल्प खतिवडा ५६१ मत प्राप्त गरे ।

यस्तै, कोषाध्यक्षमा नेविसंघका महेश्वरप्रसाद भट्टले एक हजार ४५ मत प्राप्त गर्दै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दीपर्शन ढकालले ३३३ मत प्राप्त गरे ।

यस्तै, प्रत्यक्षतर्फ नेविसंघले ५ सदस्य जितेको छ भने अनेरास्वियुले २ वटा र क्रान्तिकारीले १ सदस्य जितेको पाण्डेले जानकारी दिए ।

समानुपातिकतर्फ भने नेविसंघले ६५१ मत प्राप्त गरेको छ । यस्तै, अनेरास्वियुले ३३५, क्रान्तिकारीले २५४, समाजवादी विद्यार्थी युनियनले २५४ र राप्रविसंघले १५६ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको