
पोखरा । पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनका विद्यार्थीले आमरण अनसन सुरु गरेका छन् ।
आसन्न स्ववियु चुनावका लागि बनेको निर्वाचन अधिकृतको राजीनामा माग राख्दै बुधबारदेखि अनसन बसेका हुन् ।
उनीहरुले निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत र नयाँ निर्वाचन तालिका घोषणा हुनुपर्ने माग राखेका छन् । साथै, आक्रोशित विद्यार्थीहरुलाई सम्हालेर क्याम्पसमै शान्ति क्षेत्र बनाइराख्न आफूहरु अनसन बसेको उनीहरुको दाबी छ ।
उनीहरुले आफूहरुसँग वार्ता नगरी फरार भएकोसमेत आरोप लगाएका छन् । ࡕ‘हामीसँग वार्ता नगरी हाम्रो नामको दुरुपयोग हामीलाई मान्य हुने छैन,’ उनीहरुले प्रेस विज्ञप्तिमार्फत भनेका छन् ।