काठमाडौं – युवा नेता रवि किरण हमालले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै ललिता निवास प्रकरणको छानबिन प्रतिवेदन माग गरेका छन् ।
ऊनी नयाँ शक्ति पार्टीको संयोजक हुँदा पत्रकार सम्मेलन गरेर नेपालमा भएका ठुला भ्रष्टाचार काण्ड छानबिन गर्न माग गरेका थिए।नेता किरणले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै ललिता निवास प्रकरणको छानबिन प्रतिवेदन माग गरेका छन् । उनले प्रतिवेदन सङै छानबिन सुरु देखि प्रतिवेदन तयार पार्ने बेलाको प्रहरी महानिरीक्षकको बारेमा समेत जानकारी दिन भनेका छन् ।
ललिता निवास प्रकरणको छानबिन गरेर प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाइसकेको छ ।
ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री देखि मन्त्री तथा उच्च पदस्त कर्मचारी मुछिएका कारण छानबिन अगाडि बढ्न सकेको छैन ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता पोषराज पोखरेलले आवश्यक प्रक्रिया पूरा गरेर एक दुई दिनमा सूचना दिने जानकारी गराएको नेता रवि किरणले जानकारी दिएका छन् ।