काठमाडौं :आइतबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो जित सँगै २ खेल अगाबै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछायाएको युएई २२.५ ओभरमा अल आउट हुदै केवल ७१ रन बनाएको थियो ।

नेपालको जितमा ललित राजबंशीले ५ विकेट लिएका थिए । ललितले ७.५ ओभरमा २ मेडनसहित २० रन दिएर ५ विकेट लिएका थिए ।

त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुदै २४८ रन बनाएको थियो ।

कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । उनले ११२ बदमा ९ चौकासहित ७७ रनमा आउट भए । यो सँगै उनले नेपालका लागि ४२ एकदिवसीय अन्तराष्ट्रियमा आठौं अर्धशतक बनाएका हुन् । जुन नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि पूरागेको सबैभन्दा धेरै अर्धशतक हो । रोहितको नाममा १ शतक समेत रहेको छ ।

यस्तै ओपनर कुशल भुर्तेल ८ रन , कुशल मल्ल ९ रन, आशिफ सेख शूून्य रनमा आउटल भए । आसिफ सेखले ४३ र बनाउँदा भिम सार्कीले २९ रन, गुलसन झा ३२ बलमा ३७ रन र दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए ।

पाहुना टोली युएईको लागि आर्यन खान, रोहन मुस्तफा र जवर फरीदले समान २ विकेट लिए । अर्यन लाकेरा र जुनैद सिद्दिकीले समना १ विकेट लिए ।

यस सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने युएई पीएनजीसँग पराजित भएको छ ।

उक्त जितसँगै नेपाल आइसीसी विश्वकप लिग २ मा ३४ खेलबाट ३६ अंकसहित चौंथो स्थानमा उक्लिएको छ । त्यस्तै युएई ३४ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३४ खेलमा ११ अंकसहित पुछारमा रहेको छ ।

लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको