काठमाडौं : देशभरका इञ्जिनियरहरूकाे छाता संस्था नेपाल इञ्जिनियर्स एशाेसिएसनकाे साधारणसभा आज हुँदैछ । संस्थाकाे  वार्षिक साधारणसभा दिउँँसाे १ बजे इञ्जिनियर भवन पुल्चाेकमा हुने अध्यक्ष हरि दर्लामीले बताए । अध्यक्ष दर्लामीले साधारणसभामा उपस्थितिका लागि सदस्यहरूलाई आग्रह गरेका छन् ।

यसअघि फागुन २० मा बाेलाईएकाे साधारणसभा गणपूरक संख्या नपुगेपछि आजका लागि सारिएकाे थियाे । भेलामा संस्थाकाे वार्षिक प्रतिवेदन, वार्षिक आम्दानी खर्च विवरण, लेखा परिक्षक नियुक्ति लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको