काठमाडौं : नेविसंघ शेखर काेइराला समुहले चैत ५ गते हुने निर्वाचनमा न्यायाेचित रूपमा टिकट वितरण नगरिए समानान्तर उमेदवार उठाउने चेतावनी दिएकाे छ । कांग्रेस संस्थापनइतर शेखर समुहका नेविसंघ नेताहरुकाे आज बाल्मिकि क्याम्पसमा भएको उपत्यकाका ३५ वटा आंगिक क्याम्पसका नेबिसंघका नेताहरुको आकस्मिक भेलाले यस्ताे चेतावनी दिएकाे हाे । ` आसन्न स्ववियु निर्बाचनमा न्यायपुर्ण ढंगले टिकट बितरण नगरिए हाम्रो देशभरका क्याम्पसहरुमा बिधार्थीमाझ लोकप्रिय, योग्य र सक्षम उम्मेदवारहरुलाई उठाउने निर्णय गरेका छाैं,´ सस्थापन इतरसमुहका नेता ई.भुवन भट्टले वताए ।
साथै भेलाले कुनै खालका अप्राकृतिक गठबन्धनलाई स्वीकार नगर्ने निष्कर्ष समेत निकालेकाे नेता भट्टले वताए ।
आजै ने.वि.संघ शेखर समुहका नेताहरु र अनेरास्ववियुकाे अध्यक्ष समिक बडालसँग छलफल भऐकाे छ । भेटमा आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा देशभरका क्याम्पसहरु उम्मेदवार उठाउने वारे छलफल भऐकाे विधार्थी नेता धर्म शाहिले वताए । भेटघाट सकारात्मक रुपमा अगाडि बढेकाे र अब दाेस्राे चरणमा निर्णा यक छलफल गरिने भेटघाटमा उपस्थित नेताहरुले वताए ।