काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता सहितको महिला अधिकार स्थापित गर्नुपर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसके सन्दर्भमा शुभकामना दिँदै उनले विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै महिलाहरूलाई नवीनतम् प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी हुन्।

‘डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरुको समान सहभागिता हुन जरुरी छ। किनकि यसले उनीहरूलाई आफ्नो आर्थिक उन्नति गर्न मद्दत गर्दछु,’ उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु।प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्ने छु।’

नेपाली नारीहरूले आफूले पाएका अवसरमा सफल भएको जनाउँदै नेपाली नारीहरुले लगातार रुपमा शिक्षा, स्वास्थ्य सेवामा पहुँच लगायत कार्यस्थल र समान अवसरहरूका क्षेत्रमा भोग्दै आएको बाधा र भेदभाव एक आपसमा हातेमाले गरेर तोड्न लागि पर्ने पनि बताएकी छन्।

उनले संयुक्त राष्ट्रसंघले तय गरेको यस वर्षको नाराले उनीहरुको प्रविधिमा पहुँच स्थापना गर्नुपर्ने सन्देश दिएको पनि बताएकी छन्। ‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिलामैत्री नीति र कानूनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु। प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्ने छुु, सन्देशमा भनिएको छ, ’ म विशेष गरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरुको प्रविधि(साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरुको पहुँच पुर्‍याउने नीतिगत सुधारमा काम गर्नेछु।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको