शान्ति बस्नेत / नारी वंश मात्रै हैन नारी समाजकी एक अंश हो, नारी सन्तान उत्पादन गर्ने मेसिन हैन नारी समाज रुपान्तरण गर्ने एक चेतनशील पात्र हो ।आजको यो २१औं शताब्दीमा नारी विलौनाको गीत गाएर बसेकी छैन आजका दिनमा नारी एक शसक्त पात्रको रुपमा आफूले आफूलाई अव्वल बनाउन हरदम तयार गर्दैछ । एक हातमा कुचो समाएका हातले अर्को हातले कलम समाएर अहिलेको यो वर्तमान समयमा नारीले समयलाई अगाडी लैजान आफ्नो हर प्रयासमा जुटी रहेकी हुन्छे ।

नारी अधिकारका कुरा गरेर पूर्ण हुन्न, हरेक क्षेत्रमा चुनौतिहरुलाई सामना गर्दै अगाडी बढनुपर्ने बाध्यकारी परिस्थितिहरु आउने गर्दछन् । नारी भन्ने वित्तिकै अहिले पनि पित्तृ सत्तात्कम सोचका कारण पछाडी नै पार्नु पर्छ, पुरुषहरुले नै भनेको महिलाले मान्नुपर्छ भन्ने कुरा धेरैको मनबाट हट्न सकेको छैन् । यस्तै विभिन्न बाधाअडचनले गर्दा महिलालाई सहज छैन्, तर पनि नारीले आफूहरुमा आएका समस्याहरुलाई आफूले नै समाधान गर्न सक्नु महिला सशक्तिकरण हो । हरेक नारी होस् या पुरुषको पहिलो पाठशाला भनेको नै उस्को परिवार हो । हरेक परिवारले आफ्ना सन्तानलाई कस्तो शिक्षा दिइरहेको छ भन्ने कुराको उस्ले गर्ने व्यवहारले अर्थ राख्दछ । हाम्रो हरेक परिवारमा अहिलेको यो परिस्थितिमा पनि छोरा र छोरीलाई आफ्नो घरबाट सिकाउने शिक्षाले नै उनीहरुले समाजमा गर्ने व्यवहारलमा प्रस्ट पार्दछ । लैंङिक समानता भन्ने कुरा हरेक परिवारले बुझ्नु पर्दछ र आफ्ना छोराछोरीलाई सिकाउन जरुरी छ ।

  • नारी जबसम्म घरघरबाट सक्षम हुन्न सक्दिन तवसम्म जति नै आरक्षका नारा घन्काएर पनि प्रगति हुन्न । नारीको काम चुलोचौका मात्र हैन नारी आफैमा आर्थिक रुपमा पनि सवल हुन जरुरी हुन्छ, सानोसानो कामका लागि पनि अरुमा निर्भर रहनु पर्दा पनि पछाडी पर्नु पर्ने हुन्छ, त्यसैले नारीले आफूले जानेको जे-जस्तो सीप भए पनि त्यसलाई प्रयोगमा ल्याएर आत्मनिर्भर हुन सक्नु पनि एक उपलव्धिमूलक कार्य हो ।

सानै उमेरदेखि नै यो छोराको काम, यो छोरीको काम भनेर कामको बारेमा नै विभिन्न बाधा ल्याउनाले पनि विभेद झनै बढ्ने गर्दछ। खानपिनको कुराहरुमा पनि त्यस्तै विभेद छ यो छोराले खाने यो छोरीले खाने, त्यस्तै गरी हिड्डुलकै कुरामा पनि ए छोरी मान्छे भएर पनि त्यस्तो ठाउँमा जान लाज हुदैन, त्यहाँ त छोरा मान्छे मात्रै जानु पर्छ लाज हुदैन तलाइ जस्ता अनेक प्रश्नहरु खडा हुने गर्छन्, त्यसै गरी कामको बारेमा त झन धेरै नै असमानता छ सुन्दा यस्ता पारिवारीक कुरा हुन र सामान्य जस्तो लाग्ला तर यही असमानताका कुराले नै समाजमा गहिरो खाडल खनेको छ र नकरात्मक जरो गाडेर बसेको छ साथै यही कुराहरुले नै नारी पुरुष बीच असमानता पैदा ल्याएको छ ।यही कुराहरुलाई छोरालाई जति नै छोरीलाई पनि समान व्यवहार गरौं त कहाँ नारीको कम्जोरी देखिदो रहेछ । यो नेपालमा ३३ प्रतिशत अधिकार दिइएर यस्ता सुन्दा हेर्दा सामान्य लाग्ने तर हरेक समाजलाई आघात पुर्याउन व्यवहार त कम हुन सक्दैन् नि । नारीलाई समक्ष बनाउन सकियो भने नारीलाई समानतन भन्ने कुराको शीर्षक नै हटन सक्छ ।

नारी जबसम्म घरघरबाट सक्षम हुन्न सक्दिन तवसम्म जति नै आरक्षका नारा घन्काएर पनि प्रगति हुन्न । नारीको काम चुलोचौका मात्र हैन नारी आफैमा आर्थिक रुपमा पनि सवल हुन जरुरी हुन्छ, सानोसानो कामका लागि पनि अरुमा निर्भर रहनु पर्दा पनि पछाडी पर्नु पर्ने हुन्छ, त्यसैले नारीले आफूले जानेको जे-जस्तो सीप भए पनि त्यसलाई प्रयोगमा ल्याएर आत्मनिर्भर हुन सक्नु पनि एक उपलव्धिमूलक कार्य हो । हुनत पहिले भन्दा अहिले नारीहरु धेरै कुरामा अव्वल नै रहेको ईतिहास पनि छन् राजनीतिमा पनि महिला सहभागिता संख्यातमक रुपमा बढेको नै छ ।ईतिहासमा नै परिमामय पदमा नेपालले पहिलोपल्ट राष्ट्रपति, सभामूख र प्रधानन्यायाधीशकाे  पदमा नारीलाई पायो यो पनि अहिलेका नारीहरुको उपलव्धि मान्नु पर्छ । अवका दिनमा समस्यामा नाराहरुमा भजन गायर बस्ने भन्दा पनि कसरी नारीले यो देशलाई योगदान दिन सकिन्छ साथै कसरी सक्षम हुन सकिन्छ भन्ने कुराहरुलाई मनन गर्दै बोलिमा भन्दा नि काममा विशेष जोड दिन सकियो भने अधिकार आफैमा पूर्ण हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको