काठमाडौं । राष्ट्रपतिका निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोली हुने चुनावका लागि सबै तयारी भएको जनाएको हो । राष्ट्रपतिका लागि सत्तागठबन्धनबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेकातफृबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद भवन परिसरमा मतदान समय तोकिएको छ ।

संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो । निर्वाचन अधिकृत महेश शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् । ‘४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी छ ,’ निर्वाचन अधिकृत महेश शर्माले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको