दमौली। नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन अन्र्तगत तनहुँ क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा चयन भएको अधिवेशनले काजीमान श्रेष्ठको नेतृत्वमा क्षेत्र नं १ को नयाँ कार्य समिति चयन गरेको छ । क्षेत्र नं १ को प्रदेश १ मा तारानरेश पौडेल र प्रदेश २ मा रामदेव पन्थ सभापतिमा चयन भएका छन् ।
त्यस्तै क्षेत्र नं अन्र्तगत व्यास नगर सभापतिमा कृष्णप्रसाद सोती ,भानु नगरपालिकाको सभापतिमा गोविन्द जि.सी.,आँबुखैरेनी गाउँ कार्य समितिको सभापतिमा भिष्मकान्त गौली , बन्दीपुर गाउँ कार्य समितिको सभापतिमा रामकृष्ण वि.क.र देवघाट गाउँ कार्य समितिको सभापतिमा प्रमोद मल्ल चयन भएका छन् ।
क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ शंकर भण्डारी ,लक्ष्मी आचार्य , डम्बरबहादुर अधिकारी , बिपिन अधिकारी , माधव खनाल , टेकबहादुर गुरुङ,रघुबहादुर के.सी.,प्रवीण कैनी , राजु खड्का , महेशराज भट्राई चयन भएका छन् ।महिला तर्फ यमुना खड्का, इन्दुदेवी मल्ल, मायादेवी सोती चयन भएका छन् ।
अपाङगता तर्फ सुरज बोहोरा , प्रजातन्त्र सेनानी तर्फ छत्रराज भण्डारी र चुननारायण श्रेष्ठ ,विज्ञ तर्फ कमलभक्त पोखरेल र श्रमिक तर्फबाट अमित थापा चयन भएका छन् । त्यस्तै दलित तर्फ रनबहादुर कामी , आदिवासी जनजाति महिला तर्फ चिजा श्रेष्ठ र लालमती गुरुङ, आदिवासी जनजाति पुरुष तर्फ सुकुमलाल गुरुङ,केशरबहादुर गुरुङ र इन्द्रबहादुर दरै र अन्य तर्फबाट एनजे अली ,चयन भएका छन् ।
यसअघि क्षेत्रीय अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गर्नु भएको थियो । अधिवेशनको उद्घाटन गर्दै भण्डारीले नेपाली कांग्रेस पार्टी यतिबेला विषयमा परिस्थितीमा रहेको हुँदा पार्टीका नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने बेला आएको बताउनु भएको थियो ।साथै भण्डारीले पार्टीको बैधानिकताको विषयमा अदालतमा मुद्धा अदालतमा रहेको र आफूहरुको पक्षमा फैसला आउनेमा विश्वस्त रहेको समेत बताउनु भएको थियो । पार्टी एकताको विकल्प नरहेको र नियमित महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएर लैजाने भण्डारीको भनाई रहेको थियो ।

क्षेत्रीय संयोजक काजीमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली , गण्डकी प्रदेशका संयोजक मेखलाल श्रेष्ठ , जिल्ला संयोजक प्राडा कृष्णप्रसाद गौतम , नेताहरु बलबहादुर आले ,लक्ष्मी आचार्य ,महेश्वर भट्राई ,युवा नेता बिपिन अधिकारी ,नेत्री यमुना खड्का वि.क. ,जिल्ला सहसंयोजक डम्बर अधिकारी , विपि विचार मञ्चका केन्द्रीय सदस्य हरिशरण पण्डित ,सुकुमलाल गुरुङ,शान्ता घर्ति र एनजेअली लगायतले बोलेका थिए ।

सो अवसरमा सर्वसम्मत रुपमा निर्वाचित क्षेत्रीय ,प्रदेश र गाउँ तथा नगर कार्य समितिका सभापति तथा पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।त्यस्तै महाधिवेश प्रतिनिधिहरुलाई खाँदा लगाएर बधाई ज्ञापन गरिएको थियो ।





