काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले स्वस्तिवाचनसहित पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रवेश गर्दै पदको शपथ लिएका छन्। कांग्रेस बदल्ने र बदलिएको कांग्रेसमार्फत देश बदल्ने संकल्प गरेका थापाका लागि सानेपा प्रवेशको ज्योतिषीय साइत कति फलदायी होला ? यसको जवाफ भने भविष्यले नै दिनेछ।

हिन्दू धार्मिक परम्परामा स्वस्तिवाचनलाई शुभारम्भ र मंगलकामनाको प्रतीक मानिन्छ। तर, ज्योतिषीय मान्यताअनुसार यही समयमा शुक्र अस्त सुरु भएकाले उनको सानेपा प्रवेशको साइतबारे प्रश्न उठ्न सक्छ।

विक्रम संवत् २०८३ को असोज २८ गतेदेखि शुक्र अस्त सुरु भएको मानिन्छ। ज्योतिषीय मान्यताअनुसार शुक्र अस्तको अवधिमा विवाह, गृहप्रवेश, व्रतबन्ध र मन्दिर प्रतिष्ठाजस्ता ठूला शुभकार्य गर्न वर्जित मानिन्छ। यद्यपि, पार्टी कार्यालय प्रवेश र पदको शपथग्रहणलाई यस्ता संस्कारसँग दाँज्ने विषयमा ज्योतिषीय व्याख्या फरक हुन सक्छ।

थापाले कांग्रेसभित्र परिवर्तनको सन्देश दिँदै देश बदल्ने संकल्प गरेका छन्। अब उनको नेतृत्वमा पार्टीले कस्तो दिशा लिन्छ, जनताको अपेक्षा कति पूरा हुन्छ र राजनीतिक परिवर्तनको उनको संकल्प व्यवहारमा कसरी देखिन्छ भन्ने प्रश्न महत्त्वपूर्ण छन्।

शुक्र अस्तको साइतले थापाको राजनीतिक यात्रामा कस्तो फल देला ? ज्योतिषीय मान्यताले आफ्नो ठाउँमा अर्थ राख्ला, तर उनको नेतृत्वको वास्तविक परीक्षा काम, निर्णय र परिणामबाट हुनेछ। सानेपा प्रवेशको साइतको फल कस्तो रहन्छ भन्नेचाहिँ भविष्यले नै देखाउनेछ।

प्रबलकाे दुबाेकाे माला र विश्वप्रकाशकाे आलिंगन

सभापति निर्वाचित भएपछि गगनकाे आज सपथ भयाे । उनलाई सानेेपामा प्रबल थापाले दुबाेकाे माला पहिर्याए भने यहि महाधिवेशनबाट कांग्रेसमा सिर्जना गरिएकाे वरिष्ठ उपसभापतिमा सर्वसम्मत भएका विश्वप्रकाश शर्माले अंकमालसहित स्वागत गरे । प्रबल फागुन २१ मा काठमाडौं १ मा पराजित भएका थिए ।  थापाले सभापति भएपछि सानेपामा शनिवार दाेस्राेपटक सम्बाेधन गरे।

सानेपामा गगनलाई प्रबलकाे माला र विश्वप्रकाशकाे आलिंगनबिच उनका समर्थकहरूले भव्य स्वागत गरे । नयाँ बानेश्वरका थापा अख्तियारका पूर्व प्रमुख आयुक्त लाेकमान सिंह कार्कीमा ज्वाइँ हुन् । प्रबल नवनिर्वाचित केन्द्रीय सदस्य हुन् । उसाे त गगन तिनै नेता हुन् जसले कुनै समय कार्की मुख्यसचिव रहेकाे सरकारकाे अध्यक्षसमेत रहेका तत्कालिन राजा ज्ञानेन्द्र शाहविरूद्द चुनाैती दिएका थिए । प्रबल कांग्रेसभित्र अहिले लाेकप्रिय देखिएका छन् । फागुन २१ काे चुनावमा काठमाडौं १ मा पराजित भएका उनले महाधिवेशनमा भने राम्राे मतसहित जित्दै कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको