एजेन्सी । सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ।

मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम घातक हत्याकाण्ड भएको हो।

प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको पुष्टि गरे । घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन् ।

विद्यालय परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए । मृत्यु हुनेमा गोली प्रहार गर्ने संदिग्ध पनि रहेको प्रहरीले जनाएको छ। उनी को थिए भन्ने आधिकारिक रुपमा पुष्टि नभएपनि ३५ बर्षीय वेरोजगार व्यक्ति रहेको अनुमान गरिएको छ।

संदिग्धले तीनवटा हतियार, धेरै राउण्ड बारूद र एक चक्कु बोकेको प्रहरीले जनाएको छ । हरियो सैनिक पोशाकमा रहेको उनी पहिले क्याम्पसको एउटा बाथरूममा प्रवेश गरेको र त्यसपछि आक्रमण सुरु गरेको बताइएको छ।

घट्नाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले रिसबर्गस्का वयस्क शिक्षा केन्द्रको क्याम्पसको दृश्यलाई ‘अराजकता र आतंक’ भनिएको छ ।

घट्नामा परी घाइते भएका ६ जना अस्पतालमा रहेका छन्। तीमध्ये अधिकांश गम्भीर तर स्थिर अवस्थामा छन्।

घटनापछि स्वीडेन सरकारले केही परिवारहरूसँग शोक मनाइरहेको छ। स्थानीय र घट्ना प्रभावितहरुले आँशु थाप्न सकेका छैनन् भने एक अर्कालाई सान्तवना दिइरहेका छन्। सीसीटीभीप्लस)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको