धादिङ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिकाे महत्त्वपूर्ण भूमिका हुने बताउनुभएकाे छ । बिहीबार धादिङ लाेकसांस्कृतिक महाेत्सवमा सम्बाेधन गर्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
हाम्राे समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलाे भूमिका निर्वाह गरिरहेकाे हुन्छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे, त्यसैले आफ्नाे पहिचानलाई बचाइराख्न पनि हामीेले साँस्कृतिक महाेत्सवहरू मनाइरहनुपर्छ ।´ उहाँले भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नाे संस्कृति, भेषभूषा, कलासँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जाेड दिनुभयाे ।
लाेकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नाे कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्राे वातावरण बनेकाे पनि बताउनुभयाे । लाेक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरेकाेमा उहाँले प्रशंसा पनि गर्नुभयाे । त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाकाे पूर्वाधार विकासमा संङ, प्रदेश र स्थानीय तीनै तहकाे सरकारले मिलेर काम गर्ने बताउनुभयाे ।
आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछाैं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछाै,´ उहाँले भन्नुभयाे ।



