काठमाडौं : नेपाल विद्यार्थी संघकाे  पद्मकन्या क्याम्पसमा नयाँ इकाइ गठन भएको छ । शुक्रबार चन्द्रकला तामाङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।  कलेजमा आयोजित भेलाबाट वरिष्ठ उपाध्यक्षमा दीक्षा बडू, उपाध्यक्षमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्या बस्याल, श्रद्धा थापा चयन भएका छन् ।

साथै, सहसचिवमा अस्मिता विश्वकर्मा, कृतिका बराल, ममता पुजारा, कोषाध्यक्षमा चेतना नहर्की, सहकोषाध्यक्ष उवर्सी पाण्डे चयन भएका छन् ।

शुक्रबार बनेको नयाँ समिति सर्वसम्मत रूपमा बनेको पद्मकन्या क्याम्पसको नेविसंघ पूर्वसभापति लक्ष्मी दाहालले जानकारी गराइन् । संघको कार्यसमिति सक्रिय नभएकाले नयाँ समिति गठन गरिएको दाहालको भनाइ छ । नयाँ कार्यसमितिमा पार्टी महामन्त्री गगन थापा निकटका विद्यार्थीहरू परेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको