काठमाडौं : अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था नेपाली जनसम्पर्क समिति को सभापतिका लागि वेद प्रसाद खरेलले उम्मेद्वारी घोषणा गरेका छन्। समितिको तेस्रो केन्द्रीय अधिवेशन अगस्ट १४ देखि १६ सम्म भर्जिनियामा हुँदैछ। अधिवेशनलाई लक्ष्य गर्दै खरेलले १० बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गर्दै संस्थालाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

खरेलले नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण, अमेरिका-नेपाल सम्बन्ध सुदृढीकरण, युवा नेतृत्व विकास, शैक्षिक सहयोग, सीप र पुँजीलाई नेपालीको विकाससँग जोड्ने, तथा प्रवासी नेपालीहरूको हकअधिकारका लागि प्रभावकारी आवाज उठाउने लगायतका एजेन्डालाई प्राथमिकता दिएका छन्।

समितिलाई सरकार, शैक्षिक संस्था, व्यवसाय, र सामाजिक संस्थासँग सहकार्य गर्दै प्रवासी नेपाली समुदायको सशक्त आवाज बनाउने खरेलको प्रतिबद्धता छ।

‘नेपाली जनसम्पर्क समितिलाई अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको आवाज, अधिकार, पहिचान र अवसरको साझा संस्थाका रूपमा स्थापित गर्दै अझ मजबूत बनाउने मेरो संकल्प हो,’ खरेलले भने।

खरेलको १० बुँदे चुनावी घोषणा पत्र
-नेपाली सोच-संस्कारलाई एकता र सद्भाव

-अमेरिकामा रहेका नेपाली सोचसंस्कारलाई एकताबद्ध र समावेशी राख्न सबै समुदायबीच साझा हित र भाइचारा कायम गर्ने।

-सरकारसँग नेपाली समुदायको पहुँच

-नेपाली दुतावास तथा सम्बन्धित सेवा, नागरिकता, भिसा, शिक्षा लगायतका मुद्दामा समुदायको पहुँच बढाउने र समस्या समाधानका लागि समन्वय गर्ने।

नेपाल-अमेरिका सम्बन्धको पुल

-व्यापार, लगानी र शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्दै दुई देशबीचको हितमा सुदृढ सम्बन्ध र प्रवासी नेपालीको भूमिका विस्तार गर्ने।

-नेपाली भाषा, संस्कृति र पहिचान

-नेपाली भाषा, कला, साहित्य, संस्कृति, साहित्य, पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिकतासँग जोड्ने।

-सीप, पुँजी र ज्ञान नेपालीका लागि

-अमेरिकामा रहेका नेपालीहरूको सीप, ज्ञान, पुँजी, प्रविधि र दक्ष जनशक्तिलाई नेपालको आर्थिक विकास, लगानी, उद्यमशीलता र रोजगार सिर्जनामा जोड्ने।

 पारदर्शी र जवाफदेही संस्था

संस्थागत सुशासन, पारदर्शिता, आर्थिक जवाफदेहिता र जनपक्षीय निर्णय प्रणालीको माध्यमबाट विश्वासीलो संस्था निर्माण गर्ने।

मूल्यहरू

शैक्षिक उन्नति, छात्रवृत्ति, अन्तर्राष्ट्रिय शैक्षिक अवसर र नेपाली विद्यार्थीको हितका कार्यक्रमहरू सञ्चालन गर्ने।

विचार तथा संस्थागत सुधार

नयाँ सोच र कार्यशैलीसहित संस्था सञ्चालन, मुनाफामुखी नीतिबाट संस्थालाई मुक्त गर्दै संगठनात्मक सुधार र समयानुकूल संरचना निर्माण गर्ने।

ग्लोबल नेपाली समाज संगठन

अमेरिका, युरोप, एसिया, अस्ट्रेलिया, मध्यपूर्व लगायत विश्वभरका नेपाली संस्थाहरूसँग सहकार्य विस्तार गर्ने।

नयाँ पुस्ता निर्माण

युवा नेतृत्व विकास, क्षमता अभिवृद्धि, नेपाली शैक्षिकको सशक्ततालाई नयाँ नेतृत्व विकास, क्षमता अभिवृद्धि र प्रशिक्षक कार्यक्रम, इन्टर्न र दुरदर्शी नयाँ नेतृत्व निर्माण गर्ने।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको