काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयाेग गरेर देशकाे विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभएकाे छ । नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहकाे शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वर वसन्तनगरमा आयाेजना गरेकाे कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे ।

उपप्रधानमन्त्री सिंहले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहकाे शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालकाे महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहकाे याेगदान महत्वपूर्ण रहेकाे बताउनुभयाे । उहाँले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, प‌ैतृक सम्पत्तिमाथिकाे हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धी हासिल भएकाे बताउनुभयाे । ‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएकाे आन्दोलनकाे उपलब्धि पनि हो,´ उहाँले भन्नुभयाे ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको