काठमाडौं : नेपालमा दिगो विकास लक्ष्य ९एसडीजी नगेट आवरको दोस्रो सत्र २१ अप्रिल, २०२४ मा भर्चुअलरुपमा सम्पन्न भएको छ। जहाँ नौ जना वक्ताहरुले भाग लिई दिगो विकास लक्ष्यहरूको बारेमा आफ्ना धारणा राखेका थिए। कार्यक्रमलाई अल्फाजुलु नेपालका कन्ट्री डाइरेक्टर आशिष शर्माले सहजीकरण गरेका थिए। सोहि कार्यक्रममा कार्यक्रमको संयोजक एलिजाबेथ एम मुलार्ड (संस्थापक निर्देशक), अल्फाजुलु एड्भोकेट्स पनि उपस्थित थिए।
कार्यक्रमको मुख्य विषय १ वक्ता, १ दिगो विकास लक्ष्य र १ मिनेट समय थियो । वक्ताहरु ले आफ्नो कार्यअनुभबका आधारमा र नेपालमा विभिन्न सस्थाहरुले कसरी काम गरिरहेको छ, जसले दिगो विकास लक्ष्य २०३० को एजेन्डामा योगदान पुर्याने विश्वास गरिएको छ।
नेपालमा दिगो विकासका क्षेत्रहरुमा काम गर्ने अधिवक्ताहरू र अभ्यासकर्ताहरूबाट बहुदेशीय उदाहरणहरू सहित, बाइट साइज एड्भोकेसी, कथा कथन, शोकेस, शिक्षा, जानकारी र दिगो विकास लक्ष्यहरूमा सल्लाहको लागि मासिक भर्चुअल प्लेटफर्म हो। जहाँ सहभागिहरुले २०३० एजेन्डा र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न आफ्नो काम मार्फत आफ्नो योगदानबारे बताएका थिए । कार्यक्रमलाई विभिन्न सामाजिक माध्यमबाट जस्तै फेसबुक, युट्युब र ट्वीटर मार्फत अनलाइनबाट प्रबाह गरिएको थियो। जुन विश्वव्यापीरुपमा दर्शकहरूको लागि सजिलै पहुँचयोग्य हुनेछ।
कार्यक्रममा सहभागि श्रीधर बस्यालले दिगो बिकाश लक्ष्य नम्बर ११, दिगो शहरहरू र समुदायले शहरहरू र समुदायहरूलाई समावेशी, सुरक्षित, लचिलो र दिगो बनाउने लक्ष्य राख्छ। यो लक्ष्य हासिल गर्नका लागि सरकार, समुदाय र सरोकारवालाहरू बीचको सहकार्य महत्त्वपूर्ण छ भन्दै आफ्ना बिचारहरु राखे। प्राध्यापक, अनुसन्धानकर्ता डा सरिता खनालले दिगो बिकास लक्ष्य नम्बर १६,ले शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने र सरकारका तीनवटै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने मुख्य उद्देश्य रहेको कुरामा जोड दिइन्।
प्रशिक्षक आराधना सिंहले लक्ष्य नम्बर ४ गुणस्तरीय शिक्षाले विश्वका जुनसुकै देशका नागरिकको जीवन गुणस्तर शिक्षाबाट मात्रै माथि उठ्न सकिन्छ भन्नेकुरा बताइन्। रुपा जोशीले लैङ्गिक समानता र महिला सशक्तिकरणले लैङ्गिक समानता महिलाको मात्र मुद्दा होइन। यो मानव अधिकारको मुद्दा हो जसले सबैलाई फाइदा गर्छ भन्ने कुरामा जोड दिइन्।
तेजेन्द्र जीसी, अमितसिंह वाघेला ले पनि एसडीजी बारेमै धारणा राखे। लक्ष्य नम्बर ८ “सम्मानजनक काम र आर्थिक वृद्धि , पूर्ण र उत्पादनशील रोजगारी” सम्मानजनक काम भनेको उत्पादनशील र उचित आम्दानी, कार्यस्थलमा सुरक्षा र परिवारहरूको लागि सामाजिक सुरक्षा, व्यक्तिगत विकास र सामाजिक एकीकरणको लागि राम्रो सम्भावनाहरू प्रदान गर्ने काम प्राप्त गर्ने अवसरहरू होर दिगो र समावेशी आर्थिक वृद्धिले प्रगति गर्न, सबैका लागि मर्यादित रोजगारी सिर्जना गर्न र जीवनस्तरमा सुधार ल्याउन सक्छ भन्ने कुरामा मुना अधिकारीले जोड दिइन्।



