फागुन २ काठमाडौँ । सायम कलेजको वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सप्ताह तथा चौथो संस्करणको एसपीएल क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।
बुधबार वसन्त पञ्चमीको अवसरमा पुरस्कार वितरण कार्यक्रम गरि सम्पन्न भएको हो।
कुल ४ टोली सहभागि रहेको चौथो संस्करणको सायम प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगितामा सायम ब्लास्टर्स, सायम सिक्सर्स, सायम सुपर किङ्स र सायम च्यालेन्चर्स टिमले सहभागी टोलोको क्रितिपुरस्थित ल्याबोरेटोरी माध्यामिक विधालयको खेल मैदानमा सम्पन्न भएको थियो।
यस प्रतियोगिताको फाइनल खेलमा सायम ब्लास्टर्सले सायम सिक्सर्सलाई ८ विकेटको पराजित गर्दै चौथो संस्करणको उपाधि जितेको छ।
खेल सप्ताह कार्यक्रममा प्रथम, द्रितिय र त्रितिय स्थान हासिल गर्ने खेलाडीहरुलाई उपहारसहित पुरस्कार वितरण र सम्मान गरिएको थियो।
क्रिकेट, फुट्सल, बास्केटबल, ५ किमी म्याराथ्योन, टेबल टेनिस, ब्याडमिन्टन जस्ता इन्डोर तथा विविध खेलहरु समावेश गरिएको यस प्रतियोगिताको पुरस्कार वितरण कलेजका प्राचर्य अशोक राज पाण्डे तथा उपप्राचर्य विशाल श्रेष्ठले गरेका थिए।




