काठमाडौैं। लामो समयपछि अभिनेत्री मौसमी मल्ल ‘म हुँ सृष्टिको फक्ताङलुङ’ बोलको गीतको भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन्। गायिका नीता आचार्यको स्वर रहेको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमी नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रका रूपमा प्रस्तुत भएकी छन्। भिडियोमा नेपालको इतिहास, संस्कृति र पहिचानलाई कलात्मक ढंगले चित्रण गरिएको छ भने देशका रमणीय दृश्यसमेत समेटिएका छन्।

भिडियो सार्वजनिक भएपछि मौसमीले सामाजिक सञ्जालमार्फत दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन्। साथै, आफू हाल नेपालमै रहेको जानकारी पनि फेसबुकमार्फत साझा गरेकी छन्।

गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ। सुरज प्रधानले रेकर्डिङ गरेको गीतको भिडियोमा हिमाल श्रेष्ठ सिनेमाटोग्राफर छन्।

भिडियोको सम्पादन सन्देश शाहले गरेका छन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्। भिडियोमा सत्यम रानाको भिएफएक्स, सौरभ लामाको डीओपी तथा विशालको ड्रोन छायांकन रहेको छ।

‘म हुँ सृष्टिको फक्ताङलुङ’ गीतको भिडियो गायिका नीता आचार्यको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको