काठमाडौं । अभिनेत्री केकी अधिकारीले सरकारको शैलीमा असन्तुष्टि जनाएकी छन् । सोमबार साँझ फेसबुकमा ‘स्टन्टले देश बन्दैन’ भन्दै उनले असन्तुष्टि जनाएकी हुन् । ‘स्टन्टले देश बन्दैन । हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो रु कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए,’ अभिनेत्री अधिकारीले लेखेकी छन्, ‘खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु । त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला । जनताको निराशा पनि पक्कै हटेर जाला । यो सस्तो स्टन्टले देश बन्दैन ।’ सोमबार विहान विभिनन सञ्चारमाध्यम र नेताहरुको घर अगाडी गाडी जथाभावी पार्किङ गरिएकोतर्फ उनको भनाइ लक्षित छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको